
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी थालिएको छ । लकडाउन अन्त्य भएपछि सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी अगाडि बढाएको छ ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको र सोही अनुसार मन्त्रालयसँग अनुमति मागिएको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि सबै किसिमका परीक्षाहरु स्थगित गरिएको थियो । सरकारले मंगलबार मध्यरातिदेखि लकडाउनको अन्त्य भएको घोषणा गरेको थियो । सोही अनुसार सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्