
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशका विभिन्न ठाउँमा आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने मौसमविद्ले बताएका छन् । तर पर्सिदेखि भने फेरि पानी पर्ने क्रम बढ्दै जाने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिममा केही पर र पूर्वमा नजिक रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा अलि धेरै पानी पर्नेछ । तर आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने उहाँको अनुमान छ । आज देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र प्रदेश १, २, ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी राति देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको र प्रदेश १, ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ । पानी पर्ने भएकाले साना ठूला नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै नदी किनारमा नजान तथा लगातार पानी पर्दा जमिन गलेकाले पहिरोको जोखिम रहेकाले हिँडडुल गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ।अहिले नारायणी नदीमा पानीको सतहले चेतावनी तह पार गरेकाले आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्