- अर्थ सरोकार सम्बाददाता
रुकुम । रुकुम पश्चिममा १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । जिल्लामा हालसम्म संक्रमित भएका २७ जनामध्ये १३ जना निको भएर घर फर्के पनि १४ जना अझै अस्पतालको आइसोलेसनमा राखिएको छ । जसमध्य चौरजहारी अस्पताल आइसोलेसनमा ८ र जिल्ला अस्पताल आइसोलेसनमा ६ जना रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
उनका अनुसार जिल्लाभर हालसम्म ३ हजार ६ सय ९१ वटा पीसीआर परीक्षण भएको छ भने १ हजार ८ सय ३ वटा आरडिटी परीक्षण भएका छन् ।