×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिएसओ नेपाल र समग्र जनउत्थान केन्द्रको सामाजिक कार्य : सीमान्तकृत परिवारलाई राहत वितरण

PRIME CA
GLOBAL IME BANK

भिएसओ नेपाल र समग्र जनउत्थान केन्द्रको सामाजिक कार्य : सीमान्तकृत परिवारलाई राहत वितरण

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–६ का २९ र तिलाठी कोइलाडी गाउँपालिका–५ का ३८ सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत वितरण गरिएको हो । राजविराज र तिलाठी कोइलाडीमा सञ्चालित आयआर्जन कार्यक्रममा सहभागी २०-२० परिवार तथा राजविराज र तिलाठी कोइलाडीका क्रमशः ९ र १८ जना अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको हो । युकेएडको सहयोगमा भिएसओ नेपाल र समग्र जनउत्थान केन्द्र लहानको सहकार्यमा आयआर्जन कार्यक्रम सञ्चालित छ ।
राहत वितरणमा ३० किलो चामल, तीन किलो दाल, दुई लिटर खाने तेल, दुई-दुई किलो चिनी र नुन, चार थान नुहाउने साबुनसमेत रु दुई हजार आठ सय ८७ बराबरको खाद्यान्न वितरण गरिएको छ । भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहानले ६ महिनादेखि सीमान्तकृत समुदायमा आर्थिक सशक्तिकरण तथा आयआर्जनको अभियान शुरु गरेको छ । लैङ्गिक रुपान्तरण अभियानअन्तर्गत आर्थिक सशक्तिकरण तथा आयआर्जनसम्बन्धी अभियान सञ्चालन गरिएको समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले बताउनुभयो ।-रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: