
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाका कारण गएको हप्ता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।
समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन र ओमान लगायत देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको समितिले जनाएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये २५ हजार २ सय २६ जना निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्