Skip to content
LAXMI SUNRISE BANK

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, संक्रमित संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २८ हजार ५१० पुगेको हो । मन्त्रालयका अनुसार मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ७४१ जनाको मृत्यु भएको हो । 
यससँगै मेक्सिकोमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेको संख्यामा मेक्सिकोले स्पेनलाई पछि पारेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा अहिले मेक्सिको छैटौं स्थानमा छ । मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख ३१ हजार ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोन भाइरसका पाँच हजार ६८१ नयाँ संक्रमित फेला परेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK