Skip to content
LAXMI SUNRISE BANK

अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बलिउड लिजेण्ड अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना संक्रमण पुष्टी भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमिताभ बच्चनमा कोरोना पोजेटिभ देखिएपछि सबै परिवारको कोरोना परिक्षण गर्दा छोरो अभिषेक बच्चनमासमेत कोरोना देखिएको हो ।

नायक अभिषेक बच्चनले सामाजिक संजाल ट्विटरमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । जानकारी अनुसार अमिताभ बच्चनको अहिले मुम्बइस्थित नानावती अस्पतालमा उपचार भईरहेको छ ।

अभिषेकले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको जनाएका छन् । उनले परिवारका सम्पूर्ण सदस्य र स्टाफहरुको कोरोना परिक्षण गरिएको समेत जानकारी गराएका छन् । संक्रमण पुष्टि हुँदैमा नआत्तिनसमेत सबैसँग उनको अपिल रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK