
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २७ लाख ७९ हजार ९५३ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख ३० हजार ७९८ पुगेको छ । यो संख्या कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु हुने सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलको भन्दा दोब्बर हो ।
अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित भेटिनसक्ने अमेरिकी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्थोनी फाउचीले चेतावनी दिएका थिए । कोरोना भाइरसको संक्रमण बढेसँगै पछिल्लो समय केही अमेरिकी राज्यमा पुनः लकडाउन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्