×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा एकैदिन २१ हजार बढी कोरोना संक्रमित थपिए, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

भारतमा एकैदिन २१ हजार बढी कोरोना संक्रमित थपिए, संक्रमित संख्या कति पुग्यो ?

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म तीन लाख ७९ हजार ८९२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: