Skip to content
LAXMI SUNRISE BANK

१०५ जना प्रहरीमा कोरोना संक्रमण, ८९ जना भए डिस्चार्ज

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुलुकका विभिन्‍न जिल्लाका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, धनुषाका १०, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बाग्लुङका १, बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका दुईजना छन् ।

यस्तै जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK