
काठमाडौँ । कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्र छोटो अवधिमा यतिठूलो परिमाणमा खुम्चिएको सम्भवतः यो पहिलो पटक हो । सिंगापुरमा कोरोना भाइरससँग जुध्न सरकारले लक डाउन लगायतका अन्य कडा कदम चालेका कारण अर्थतन्त्रमा व्यापक असर परेको हो । लक डाउनका कारण आर्थिक गतिविधि सुस्त बनेका छन् ।
एक दशकपछि सिंगापुरको अर्थतन्त्र फेरि मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोना भाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु प्रमुख कारण रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए ।
विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य बजारको मागमा पनि व्यापक गिरावट आएको मन्त्रालयको भनाई छ । विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले समग्र विश्व अर्थतन्त्रमै निकै ठूलो असर परेको अनुमान गर्न सकिने विज्ञहरुको भनाई छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्