×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ वटा निजी प्रयाेगशालाले पाए काेराेना परीक्षण गर्ने अनुमती, ती कुन-कुन हुन् ? (सूचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

६ वटा निजी प्रयाेगशालाले पाए काेराेना परीक्षण गर्ने अनुमती, ती कुन-कुन हुन् ? (सूचीसहित)

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । 
प्रयोगशालाले स्टार अस्पताल काठमाण्डाै, काठमाण्डाै मेडिकल कलेज काठमाण्डाै, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाण्डाै र सूर्या हेल्थ केयर सेन्टरलाई अनुमति दिएको हो भने उपत्यका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेलाई अनुमति दिएको हो । प्रयोगशालाले पीसीआर परीक्षणको दायरा बढाउनकाे लागि गएकाे जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । 
उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पीसीआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए । ‘हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा ६ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ’, उनले भने , ‘अन्य प्रयोशालाकाे मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणकाे लागि अनुमति दिन्छौँ ।’ ती १९ मध्ये नौ वटा प्रयोगशालाको भने आफ्नै पीसीआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती ६ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभइ मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक वटा नमूना परीक्षणको पाँच हजार पाँच सय रुपैयाँ शुल्क लिन पाउनेछन् ।
कोभिड– १९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड १९ को पीसीआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । अहिले देशभरि २५ वटा प्रयोगशालाबाट पीसीआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । अहिलेसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ । यसअघि सरकारले सातै प्रदेशका सरकारी एक/एक प्रयोगशालामा पाँच हजार पाँच सय रुपैयाँ शुल्कमा पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । 
ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् । ती प्रयोगशालामामा निर्देशिकाभन्दा बाहेकका व्यक्तिले पनि आफूलाई इच्छ्याएका बेला शुल्क तिरेर नमुना परीक्षण गर्न पाउने छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी