- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।
यद्यपि मन्त्रालयले उपत्यकाको कुन-कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन । यस्तै आज देशभर ११८ जनामा कोरोना पुष्टी भएको छ ।