
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोनाको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका व्यक्तिमा बढी हुने बताएको छ। तर नेपालमा कोरोना संक्रमित भएका मध्ये पाको उमेरका भन्दा युवाहरु बढी छन् ।
असार २९ गते सोमबारसम्म संक्रमितको संख्या १६ हजार ९ सय ४५ थियो । यो मध्य १० हजार ७ सय ३८ संक्रमितको उमेर समुह २१ वर्षदेखि ४० वर्षसम्मको रहेको छ। जसमध्ये महिलाको संख्या १ हजार ४ सय ५७ रहेको छ भने पुरुषको संख्या ९ हजार २ सय ८१ रहेको छ।
तुलनात्मक रुपमा अन्य प्रदेशको भन्दा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या धेरै रहेको छ। संक्रमित भएको मध्ये २१ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिको संख्या यी तीन प्रदेशमा ७ हजार ७ सय ४३ ९९ सय ५६ महिला र ६ हजार ७ सय ८७ पुरुष० रहेको छ।
नेपालमा ११ वर्षदेखि २० वर्षको उमेर समूहका व्यक्तिको भाइरसको संक्रमण उच्च नै देखिएको छ। यो उमेर समूहका २ हजार ८ सय ६९ जनामा संक्रमिण देखिएको छ। जसमध्ये २ सय ६७ बालिका वा किशोरी हुन् भने २ हजार ६ सय २ जना बालक वा किशोर रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्