
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा ८७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि एक करोड ६४ लाख नाघिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ४२ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ब्राजिलमा पनि २४ लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । भारतमा पनि १४ लाख ८५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९५ लाख ३१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्