×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिमका ४ जिल्लामा संक्रमित संख्या ५ सय नाघ्यो, ति कुन – कुन हुन् ?

PRIME CA

सुदूरपश्चिमका ४ जिल्लामा संक्रमित संख्या ५ सय नाघ्यो, ति कुन – कुन हुन् ?

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

धनगढी
  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ ।
शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन हजार ५९४ पुगेको छ ।
सूदरपश्चिममा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । प्रदेशमा देखिएका अधिकांश संक्रमित स्थानीय तहको क्वारेन्टिनमा रहेको हुँदा समुदायमा संक्रमण नफैलिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: