×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिम प्रदेशमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या कति पुग्यो ?

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिम प्रदेशमा आईतबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४, र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीनजना र धनढीको प्रयोगशालामा कञ्चनपुरका २८ जना, कैलालीका १२ जना र डडेल्धुराका ५ जना गरी ४५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: