×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था...
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यो थपिएसँगै  संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९४ हजार ६१० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख १९ हजार ५२० पुगेको छ । हालसम्म ९१ लाख १० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै ६७ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २८ हजार ५६९ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४४ हजार ९५३ जनाको मृत्यु भएको छ । 
ब्राजिलमा हालसम्म २१ लाख ६६ हजार ५३२ जना संक्रमित हुँदा ८१ हजार ५९७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ११ लाख ९४ हजार ८५ संक्रमित हुँदा २८ हजार ७७० जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ८३ हजार ५२८ संक्रमित हुँदा १२ हजार ५८० जनाको मृत्यु भएको छ ।
साउथ अफ्रिकामा ३ लाख ८१ हजार ७९८ जना संक्रमित हुँदा ५ हजार ३६८ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ६२ हजार ८७ जना संक्रमित हुँदा १३ हजार ५७९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख ५६ हजार २५५ जना संक्रमित हुँदा ४० हजार ४०० को मृत्यु भएको छ । चिलीमा ३ लाख ३४ हजार ६८३ संक्रमित हुँदा ८ हजार ६७७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १३ हजार २७४ पुगेको छ भने २८ हजार ४२४ जनाको मृत्यु भएको छ ।
बेलायतमा हालसम्म ४५ हजार ४२२ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ८१७ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ७८ हजार ८२७ जना संक्रमित हँदा १४ हजार ६३४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६६ हजार ९६ संक्रमित हुँदा ५ हजार ६३९ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ५५ हजार ८२५ हजार संक्रमित हुँदा २ हजार ५५७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४४ हजार ७५२ पुग्दा ३५ हजार ७३ जनाको मृत्यु भएको छ । 
टर्कीमा २ लाख २१ हजार ५०० संक्रमित हुँदा ५ हजार ५२६ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख १० हजार ५१० संक्रमित हुँदा २ हजार ७०९ को मृत्यु भएको छ । जर्मनीमा २ लाख ३ हजार ८९० जना संक्रमित हुँदा ९ हजार १८० जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७७ हजार ३३८ हुँदा ३० हजार १६५ जनाको मृत्यु भएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ७०७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २५ हजार ७३६ जना संक्रमित हुँदा ९८८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ९९४ जना संक्रमति फेला पर्दा १२ हजार ४७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४० जनाको निधन भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी