×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या १ हजार २६६ पुग्यो

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या १ हजार २६६ पुग्यो

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

बैतडी
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित निको हुनेको संख्या १ हजार २६६पुगेको छ ।  अछामबाट २० र कैलाली बाट १ जना कोरोना संक्रमित घर गएपछि निको हुनेको संख्या १ हजार २६६ पुगेको हो ।
सुदूरपश्चिम प्रदेशमा बिहिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालयका अनुसार बिहिबार बिभिन्न प्रयोगशालाबाट गरिएको परिक्षणबाट ३६ जना कोरोना संक्रमित पुष्टि भएको हो। 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा ४, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट १६ र डडेल्धुरा प्रयोगशालाबाट १६ जनामा पुस्टी भएको उनले बताए । कैलाली ५ पुरुष ,३ महिला, कंचनपुर १ पुरुष १ महिला, अछाम २ पुरुष २ महिला, डडेल्धुरा १३ पुरुष ३ महिला,बैतडी १ पुरुष, बाजुरा १ पुरुष १ महिला ,दार्चुला १ पुरुष र डोटी १ पुरुष १ महिलामा संक्रमण पुष्टि भएको उनले बताए । योसंगै सक्रिय संक्रमित २ हजार ४८० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: