Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा कति पुग्यो संक्रमित संख्या ?

अर्थ सरोकार

धनगढी
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा डडेल्धुराका पाँच जनामा र धनगढी स्थित प्रयोगशालामा कैलालीका ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ११२ नमुना परिक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ९१ पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK