- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको कोरोना परीक्षणमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ३४ पुगेको छ,भने दुई हजार दुई सय दुई जना डिस्चार्ज भएका छन् । मृत्यु हुनेको संख्या ८ पुगेको छ ।