
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १९ महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २ सय नमुनामध्ये ५७ मा कोरोना संक्रमण पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी भएकामध्ये डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना पुरुष, डोटीको आदर्श गाउँपालिकाका १४ जना महिला र २३ जना पुरुष, कञ्चनपुरको बेलौरीका एक महिला र दुई पुरुष र भिमदत्त नगरपालिकाका एक महिला र ४ जना पुरुषमा संक्रमित रहेको छ ।
त्यसैगरी कैलालीको भजनीका दुई महिला र ३ जना पुरुष, बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का एक महिला र दुई पुरुषमा कोरोना देखिएको छ । केही साता यता घट्दै गएको संक्रमण दर फेरी बृद्धि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ भने नौँ जनाको मृत्यु भएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्