
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । डडेल्धुरामा चन्दा संकलन गरी खरिद गरिएको पिसिआर मेसिन जडान गरिएको छ। ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरामा जडान गरिएको हो । ‘धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमुनाहरुको पुनः परीक्षण भइरहेको छ,’ डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले भने, ‘आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने छ।’ उनका अनुसार डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिरहेको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भइरहेको बताए । उनले आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए । पिसिआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दा परीक्षणबाट बञ्चित भइरहेका बेला ह्युमानिटी फाउन्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सुरु गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्