×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : एघार वर्षदेखि मुक्त हलियाको जङ्गलमा बास, कोटवारीबाट यस्तो देखियो सुन्दर वेगनास ताल !

PRIME CA

देश बोल्ने फोटो कथा : एघार वर्षदेखि मुक्त हलियाको जङ्गलमा बास, कोटवारीबाट यस्तो देखियो सुन्दर वेगनास ताल !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले एघार वर्षदेखि जङ्गलमा बसिरहेका डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–२ का मुक्त हलिया परिवारदेखि पोखरा महानगरपालिका- ३१ कोटवारीबाट देखिएको लेखनाथमा अवस्थित वेगनास तालसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।


हेरौं फोटो समाचार :
एघार वर्षदेखि जङ्गलमा बसिरहेका डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–२ का मुक्त हलिया परिवार । सुदरपश्चिम प्रदेशका सबै जिल्लाका हलियाहरुले फारम भरेको भए पनि  आफ्नो नाम छुटेका कारण अहिलेसम्म परिचयपत्र पाउनबाट वञ्चित रहेको मनु कामी  बताउँछिन् ।
पोखरा महानगरपालिका- ३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर छ ।


जिल्लाको काठेखोला गाउँपािलका– १ पालास्थित अविरल वर्षाका कारण मूलपानी, काभ्रे, पाला हुँदै अछेते सडकमा गएको पहिरा पार गर्दै यात्रु । यस सडकलाई मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकको रुपमा प्रयोग गर्न बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले लगानी गरिरहेको छ ।

एकीकृत भन्सार जाँचचौकी रानी विराटनगर कार्यालयका प्रमुख शिव भण्डारी आर्थिक वर्ष २०७६–७७ मा राजस्वका क्षेत्रमा गरिएको प्रगति विवरण सम्बन्धमा सोमबार प्रष्ट पार्दै ।
बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने क्रममा सोमबार काभ्रेपलाञ्चोकको साँगामा स्वाब सङ्कलनका लागि लाइनमा बस्दै सर्वसाधारण । स्वाब सङकलनपछि मात्र उनीहरुलाई उपत्यका प्रवेश गर्न  दिएको छ।  
पाल्पाको रामपुर नगरपालिकाको तातोपानी धाममा रहेको गौशाला परिसरमा चर्दै गरेका गाईहरु ।
मध्यपुर थिमि नगरपालिका– ४ बालकुमारी परिसरमा बाटोको मापदण्डभित्र परेको  र विसं २०७२ को भूकम्पमा भत्किएको घर नगरपालिकाको डोजरले सोमबार पूर्णरुपमा भत्काउँदै । 
मध्यपुर थिमि नगरपालिका– ७ नगदेशमा बिक्रीका लागि प्याज मुठ्ठा पार्दै किसान परिवार । स्थानीय बासिन्दा अधिकाशं कृषि पेशामा संलग्न छन् । 
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट कोरोनामुक्त युवा।  चिकित्सालयबाट हालसम्म  २५९   कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । 
साउनको दोस्रो सोमबार महादेवको व्रतालुहरु मातातीर्थस्थित महादेव मन्दिरमा पूजा गर्दै । 
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भासिएको सडक मर्मतका लागि खटिएका नेपाली सेना ।
तनहुँको दमौलीदेखि लमजुङको कुन्छा जाँदै गरेको बस मध्यनेपाल नगरपालिका–२ र ३ को सिमानामा रहेको चर्दीखोलामा फसेपछि धकेलेर निकाल्दै स्थानीयवासी ।
बस्तीबीच धानखेतको  हरियाली सुन्दरता । जेठो  बूढो धानका लागि प्रसिद्ध पोखरा–१७, बिरुवा फाँटमा पछिल्लो समय बस्ती बढेसँगै धानखेतहरु प्लटिङमा परिणत हुन थालेका छन् । 
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लमही नगरपालिका– ८ स्थित अर्जुन आधारभूत विद्यालय हसनापुरको खेल मैदान निर्माण गर्दै ।
गत साउन ८ गतेबाट स्थानीय सरकारको पत्रानुसार कोभिड–१९ सङ्क्रमण देखिएपछि सिल भएको विराटनगर–२ स्थित विराटनगर अस्पताल ।  स्थानीय सरकारले सिल गरेपछि सरोकारवालाले भने डिसइन्फेक्सन गरेर सञ्चालन हुनुपर्ने नत्र कोभिड महामारी फैलिन सक्ने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: