×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दैलेखको नारायण नगरपालिकाका २ जनप्रतिनिधिसहित ९ जना कोरोना संक्रमण पुष्टी

PRIME CA
GLOBAL IME BANK

दैलेखको नारायण नगरपालिकाका २ जनप्रतिनिधिसहित ९ जना कोरोना संक्रमण पुष्टी

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्राप्त भएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको छ भने ७ जना कर्मचारीमा पनि रहेको छ । संक्रमितहरुको अवस्था सामान्य छ । संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।
नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरुको स्वाब संकलन गरेको थियो । ४८ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण पष्टि भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: