×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा ८ जना बालबालिकासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टी, १४ जना डिस्चार्ज !

PRIME CA
GLOBAL IME BANK

कर्णालीमा ८ जना बालबालिकासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टी, १४ जना डिस्चार्ज !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
दैलेखका २८ जना, सल्यानका २ जना र सुर्खेतका १ जनामा संक्रमण पुष्टी भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ । यस्तै, कर्णालीमा सोमबार मात्रै १४ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: