×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानेपानी कार्यालयका निमित्त प्रमुखसहित ४ जना अख्तियारको फन्दामा, दुई लाख ४१ हजार रुपैयाँ घुस लिएको आरोप !

PRIME CA

खानेपानी कार्यालयका निमित्त प्रमुखसहित ४ जना अख्तियारको फन्दामा, दुई लाख ४१ हजार रुपैयाँ घुस लिएको आरोप !

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको वीरेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको हो । 
उनीहरुलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित आयोगले नियन्त्रणमा लिएको हो । उनीहरुले भगवतीमाई गाउँपालिका-३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको भनाई छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: