
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८, सुपौलीका २७ वर्षीय गोविन्द शाह र प्युठान घर भई लमही बस्ने ३० वर्षीय समीर भण्डारी छन् ।
लागुऔषध मुद्दाका आरोपी छुटाउन प्रहरीलाई घुस दिन खोज्ने उनीहरुलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक (डीएसपी) सुमित खड्काले ब्राउन सुगरसहित पक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्रीको मुद्दा मिलाउन भन्दै उनीहरुले प्रहरीलाई घुस दिन खोजेको बताए ।
वडा प्रहरी कार्यालय, घोराहीका प्रहरी निरीक्षक दिनेश रिमाललाई शनिबार बेलुका कार्यकक्षमै आएर डेढ लाख रुपैयाँ घुस दिने प्रस्ताव गरेको केसीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा बुझाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्