×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कुवेत र दुवईबाट आएका थिए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कुवेत र दुवईबाट आएका थिए

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङमा पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  बाँकेको भेरी अस्पतालमा मंगलबार गरिएको पीसीआर परीक्षणमा तेस्रो मुलुकबाट आएका पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित बबई गाउँपालिका वडा नम्बर ६ का ४३ र ३८ वर्षीय, वडा नम्बर २ का २४, वडा नम्बर ३ का २८ र वडा नम्बर ४ का ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले बताए । संक्रमित मध्ये चार जना कुवेतबाट र एक जना दुवईबाट आएका हुन् । कोरोना संक्रमण देखिएका पाँचै जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ । 
दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी