काठमाडौँ । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जनाएको हो । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।