×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्ठि, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्ठि, संक्रमितको संख्या कति पुग्यो ?

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली
  • अर्थ सरोकार सुदूरपश्चिम प्रदेश
धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको अस्तालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ८ जना पुरुष र ६ जना महिला गरि १९ जनामा कोरोना पुष्टि भएको हो ।
आज संक्रमण पुष्ठि भएका मध्ये कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुष, कञ्चनपुरको बेलकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ एक महिलामा कोरोना पुष्टि श्रेष्ठले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ । आज १४ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ९२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: