
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार नाघेको छ । प्रदेशमा आइतबार थपिएका संक्रमितसंगै यो संख्या ३ हजार ५३८ पुगेको हो । पछिल्लो समय सुदूरपश्चिममा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको पाइएको छ । उक्त प्रदेशबाट हालसम्म ६६२ जना डिस्चार्ज भएका छन् ।
संक्रमितमा ८५० महिला र २ हजार ७ सय २८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म ७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । हालसम्म कैलालीमा ९४६, अछाममा ५५४, बैतडीमा २८३, बझाङमा १३९, बाजुरामा ३९०, डडेल्धुरामा २६७, दार्चुलामा १७, डोटीमा ५१४ र कञ्चनपुरमा ४२८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्