×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा धमाधम थपिँदै कोरोनाका बिरामी, संक्रमितको कुल संख्या ३ हजार ५३८ पुग्यो !

PRIME CA

सुदूरपश्चिममा धमाधम थपिँदै कोरोनाका बिरामी, संक्रमितको कुल संख्या ३ हजार ५३८ पुग्यो !

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार नाघेको छ । प्रदेशमा आइतबार थपिएका संक्रमितसंगै यो संख्या ३ हजार ५३८ पुगेको हो । पछिल्लो समय सुदूरपश्‍चिममा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको पाइएको छ । उक्त प्रदेशबाट हालसम्म ६६२ जना डिस्चार्ज भएका छन् । 
संक्रमितमा ८५० महिला र २ हजार ७ सय २८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म ७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । हालसम्म कैलालीमा ९४६, अछाममा ५५४, बैतडीमा २८३, बझाङमा १३९, बाजुरामा ३९०, डडेल्धुरामा २६७, दार्चुलामा १७, डोटीमा ५१४ र कञ्‍चनपुरमा ४२८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: