×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ वर्षे बालकसँगै धनगढीका ६ जनामा कोरोना संक्रमण पुष्टि

PRIME CA
GLOBAL IME BANK

२ वर्षे बालकसँगै धनगढीका ६ जनामा कोरोना संक्रमण पुष्टि

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली
  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा एक महिला र पाँच पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । थपिएका संक्रमितहरु धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का १०, १९ र २५ बर्षीय पुरुष रहेको श्रेष्ठले बताउनुभयो । 
आज थपिएका संक्रमितमध्ये धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई बर्षीय बालक र २५ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ । यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षीय पुरुष रहेका छन् । यससंगै धनगढीमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । 
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ६ पुगेको छ । संक्रमण पुष्टि भएका एक हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: