
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बिहिबार बिहान १० मिनेट परेको वर्षाको कारण धनगढीक्षेत्र जलमग्न बनेको छ । उचित पानीको निकास नहुनुले हल्का वर्षामा पनि धनगढीका अधिकांश क्षेत्र जलमग्न बनेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३, १, १५ लगाएतका क्षेत्र डुवानमा परेका छन् । हल्का वर्षा हुनसाथ डुवानको समस्याले सताउने धनगढी ३ विशालनगरका स्थानिय रामलाल चौधरीले बताए । उनले भने, ‘पानी पर्ने बित्तिकै देखी डुबाउने चिन्ताले पिरोल्छ, रातिको समयमा पानि पर्योभने त झन जागराम नै बस्नुपर्छ ।’ हल्का वर्षा हुनासाथ डु्बानको समस्या परेको धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरका स्थानिय प्रवेश भट्टले बताए ।
बर्खायाम सूरु भएसँगै धनगढी डुबानको समस्या अहिले मात्र नभएर विगतकै वर्षदेखी रहँदै आएको छ । तर उक्त समस्याको समाधानका लागि भने नगरपालिकाको ध्यान कमै मात्रामा गएको देखिन्छ । धनगढीमा डुबानको समस्या देखिनुको अर्को एउटा प्रमुख कारण खोलानाला अतिक्रमण पनि रहेको विभिन्न सरोकारवाला निकायले बताउँदै आएका छन् तर पनि उक्त समस्याको समाधाका लागि चाहेजस्तो पहल धनगढीबासीले पाउन भने सकेका छैनन् ।हल्का वर्षा हुँदा धनगढीको हरिबिजोग ! हेर्नुहोस् फोटो फिचरमा…










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्