
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा भेटिएको छ । बिहिबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा फेला परेपछी यतिबेला उपमहानगरपालिकाको कार्यालयको अवस्था तनावग्रस्त बनेको छ ।
कार्यालयमा आफ्नो कुर्सीमा राखेको कुरा कुर्सीमा बसेको केही समयपछि मात्रै थाहा पाएका थिए । तर दिसा कसले र किन राख्यो भन्ने कुराको भने अझै खुलासा भएको छैन । तर उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ । जोशीले उपमहानगरपालिकाले केही दिन अगाडी गुणस्तरहिन खाध्यान्न खरिद प्रकरणमा विवादित बनेका कर्मचारीलाई पुरस्कृत गरेपछि विरोध जनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्