Skip to content
LAXMI SUNRISE BANK

धरानको विजयपुरमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २३ लाख रुपैयाँ बराबरको क्षति !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धरान ।  बुधबार धरान उपमहानगरपालिका-१४ स्थित विजयपुरका दुई घरमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले स्थानीय विष्णु राईको घरमा खाना पकाउने क्रममा ग्यास लिग भएर आगो लागेको जानकारी दिए ।  सोही क्रममा कमल राईको घरमा पनि आगो लागेको थियो ।
उक्त आगलागीबाट दुवैजनाको घर जलेर नष्ट भएका छन् भने २३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । आगलागी धरान उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक ओलीले बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK