×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप ६ जनाले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

PRIME CA

थप ६ जनाले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । नेपालमा थप ६ जनाले कोरोना जितेका छन् । उनीहरु  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार अस्पतालबाट निको भएर घर फर्किएका हुन् । बिहीबार बेलुका मोरंग र सुनसरीका २ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेशक सापकोटाले जानकारी दिए । निको हुनेमा ५ देखि ४२ वर्ष उमेर समूहका मानिसहरू छन् । 
उनीहरुलाइ असार ८ गते कोरोना पुष्टी भएसंगै अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा गएको २४ घण्टामा १६ जना नयाँ संक्रमित भर्ना भएको पनि प्रवक्ता डा. सापकोटाले जनाएका छन् । अस्पतालमा हाल ४४ जना संक्रमित उपचारका क्रममा छन् । हालसम्म १ सय ९१ जना सफल उपचारपछि डिस्चार्ज भइसकेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: