
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा १३२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३२ जना निको भएर घर फर्किएको बताएका हुन् । जससंगै निको हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । यस्तै आज मात्रै २९३ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयले क्वारेन्टिनमा बस्नेहरुलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । देशभरका क्वारेन्टिनमा ३१ हजार ५ सय ७३ जना रहेको मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्