×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस लिएको आरोपमा इन्जिनियर र सव-इन्जिनियर पक्राउ, ४ लाख रुपैयाँ घुस लिएको आरोप

LAXMI SUNRISE BANK

घुस लिएको आरोपमा इन्जिनियर र सव-इन्जिनियर पक्राउ, ४ लाख रुपैयाँ घुस लिएको आरोप

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीकाप्रसाद गुरुङ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारा अधिकारीले जानकारी दिए ।
मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका दरले ४ लाख रुपैयाँ घुस लिएको उजुरीको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता अधिकारीले बताए ।
मण्डल र गुरुङ जिल्ला राष्ट्रिय पुन:निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई सो गाउँपालिकामा कार्यरत थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी