×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : फेवातालमा साईली डुङ्गा सलल, सिलौटो बिक्री नहुँदा चिन्तित बने ब्यापारी…!

PRIME CA

देश बोल्ने फोटो कथा : फेवातालमा साईली डुङ्गा सलल, सिलौटो बिक्री नहुँदा चिन्तित बने ब्यापारी…!

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखराको फेवातालमा ताल वारिबाट तालपारिसम्म घरायसी प्रयोजनका सामग्री डुङ्गामा लिएर जाँदै स्थानीय महिलादेखि भक्तपुरको जडीबुटीमा शुक्रबार सिलौटोको ब्यापार गर्दै ब्यापारीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
पोखराको फेवातालमा ताल वारिबाट तालपारिसम्म घरायसी प्रयोजनका सामग्री डुङ्गामा लिएर जाँदै स्थानीय महिला ।
भक्तपुरको जडीबुटीमा शुक्रबार सिलौटा बेच्दै ब्यापारी । तर सिलौटो बिक्री नभएपछि ब्यापारी चिन्तित बनेका छन् ।  
बन्दाबन्दी खुलेपछि फेवाताल किनारमा रहेको फुटपाथे पसल । व्यापारीहरु फुटपाथमा चिया, चना चटपट, मकैलगायत व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।  
पोखरा महानगरपालिका–१८ फेवाफाँटमा  हरियालीपूर्ण  रैथाने जेठो बूढो धान । यस वर्ष मनसुन छिट्टै शुरु भएकाले किसानले धान जेठको पहिलो हप्तामै रोपेका थिए । 
कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुर जिल्लाको सिमानामा रहेको मोहना नदीमा निर्माणाधीन पुल । पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि निर्माण पूरा नहुँदा सर्वसाधारणको अवागमन असहज बनेको छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा झलारीमा राखिएका छाडा चौपायालाई हरियो घाँस खुवाउँदै स्थानीय महिला । सामुदायिक छाडा चौपाया व्यवस्थापनको गौशालाबाट गाई/गोरुलगायतका चौपाया छाडिएपछि स्थानीय बासिन्दाले घाँस खुवाउने गरी विद्यालयमा राखेका छन् । 
मुगु जिल्ला सदरमुकाम गमगढी बजारमा बिना मास्क हिँड्दै गरेका सर्वसाधारण बालबालिका, महिला तथा अन्यलाई शुक्रबार मास्क वितरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला र प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाह । सरकारले लकडाउनको अन्त्य गरे पनि कोरोना सङ्क्रमणको जोखिम रहँदा पनि मानिसहरु बिना मास्क हिड्डुल गर्नेक्रम बढ्न थालेपछि मास्क लगाउन सन्देश दिने उद्देश्यले शुक्रबार प्रजिअ निरौला र प्रनाउ शाहसहितको टोली बजारमा निस्की मास्क वितरण गरेको थियो ।
मौसम खुलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको  लमजुङ हिमाल । हिमालपारिको जिल्ला मनाङ प्राकृतिक रुपले रमणीय छ । 
लमजुङको बेसींशहर चामे गाउँपालिका र नासों गाउँपालिकाको सिमानामा रहेको तिमाङ खोलामा निर्माणाधीन पुल । रु दुई करोडको लागतमा  विसं २०७४ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने पुल द क्याराभान कन्सलटेन्सीले हालसम्म पनि सम्पन्न नगरेकाले स्थानीयलाई आवतजावतमा समस्या भएको छ । 
खोलामा आएको बाढी कम भएपछि कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगर भएर बग्ने सुकुटी खोलामा माछा मार्दै स्थानीयवासी । 
छिन्चु, छेडाबजार–मोर्क, थलह जुनिचाँदे हुँदै जुम्ला सडकको बीचमा रहेको शिवालय गाउँपालिकाका १–९  मार्कस्थित खोलामा निर्माण गरिएको कजवे ‘वैकल्पिक पुल’ भत्किँदा यातायातका साधन आवतजावत ठप्प । नौ वर्षदेखि पुल निर्माणसमेत अगाडि बढ्न सकेको छैन ।
कोरोनाका कारण सरकारले गरेको लकडाउनमा डोटीको पिपल्ला बजारमा यात्रु तथा व्यापारीले फालेको फोहर उठाउँदै दिपायल सिलगढी नगरपालिकाका कर्मचारी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: