×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट, झन्डै ५ करोड बराबरको क्षति

LAXMI SUNRISE BANK

ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट, झन्डै ५ करोड बराबरको क्षति

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँको गँगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन् । आज (आइतबार) बिहान ३ बजे काठमाडौँ महानगरपालिका–२६ स्थित मताकाजी श्रेष्ठको जग्गामा टोखा – ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो । आगलागीबाट झण्डै पाँच करोड क्षति भएको छ । 
आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बताए । शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडीसमेत जलेको अनुमान प्रहरीले गरेको छ । गँगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी