Skip to content
LAXMI SUNRISE BANK

सुरु भयो एफएनसीसीआइको चुनावी खेल ! २५ तस्विरमा हेर्नुहोस् चन्द्र-गुटको उम्मेद्वारी घोषणा सभा…! (फोटो फिचर)

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा व्यवसायी चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच यस्तो प्यानलको घोषणा भएको हो । ढकाल हाल महासंघका उपाध्यक्ष हुन् । उनी बरिष्ट उपाध्यक्षका लागि चुनावमा भिड्दैछन् । ढकाल गुटबाट जिल्ला-नगरउपाध्यक्षमा गुणनिधि तिवारीलाई उठ्दैछन् भने वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल गुटले केहि समय अगाडी जुवा खालबाट रंगेहात पक्राउ परेका बैंकर रामचन्द्र संघईलाई उम्मेदवार बनाएको छ । यहि तथ्यलाई व्यंग्य गर्दै कतिपयले यो गुटलाई ‘जुवाडे गुट’ पनि भन्न थालेका छन् ।
उक्त घोषणा कार्यक्रममा चन्द्र ढकालले शेखर गोल्छाप्रति असन्तुष्टि पनि पोखेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने भन्दै घुमाउरो पाराले आफुले नै शेखर गोल्छालाई अध्यक्ष बनाएको घुमाउरो दाबी गरेका छन् । गोल्छाले बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान समूहलाई सर्मथन गर्ने संकेत पाएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 
‘म शेखरजीलाई एउटा प्रश्न सोध्न चाहान्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केको लागि गरियो ?’ उनले भने, ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने विषयमा म उभिएको हो, नउभिएको भए थाहा छैन अवस्था के हुने थियो ।’ उनले कार्यक्रममा सार्वजनिक रुपमा प्रशं गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK