×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वन फडानी रोकेर उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिन्छ’ : विज्ञ (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘वन फडानी रोकेर उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिन्छ’ : विज्ञ (भिडियो रिपोर्ट)

Artha Sarokar

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ। अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुले बताएका छन ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको छलफलमा विज्ञहरुले नेपालको वन क्षेत्रलाई उत्पादनशिल बनाउनुपर्ने बताएका हुन् । डा. कृष्णचन्द्र पौडेलले नेपालको आधाभन्दा बढी क्षेत्र ओगटेको वन क्षेत्रको विकास गर्न सके १२ लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने बताउनुभयो । अहिले १ लाख पूर्णकालिन रोजगारीमा जोडिएको उल्लेख गर्दै उहाँले वन क्षेत्रबाट मात्रै वार्षिक १ खर्ब राजस्व प्राप्त गर्न सकिने बताउनुभयो । वैज्ञानिक वन उत्पादन गर्ने क्षमता मन्त्रालय र उपभोक्तासँग समेत नभएकाले क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
अर्का विज्ञ सन्तोषमणि नेपालले वैज्ञानिक वनको नाममा जथाभावि रुख काट्ने, सोझो सालको मात्रै रुख काट्ने र आर्थिक हिनामिना हुने समस्या देखिएको बताउनुभयो । तोकिएको भन्दा बढी रुक कटान हुने र वैज्ञानिक वनका नाममा हुने गरेको व्यापक भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो । नियामक निकाय र व्यापारिक संस्था फरक हुनुपर्ने उहाँले बताउनुभयो ।
सांसदहरुले यसको व्यवस्थापनका क्रममा आएका समस्याहरु दिगो समाधान गरी अगाडी बढ्नुपर्ने बताएका छन् । वैज्ञानिक वन व्यवस्थापनका लागि बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै यसको व्यवस्थापन सुधार गर्नुपर्ने उनीहरुको जोड छ । सार्वजनिक लेखा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले उपसमिति गठन गरेर वन व्यवस्थापनका नाममा भएको अनियमितता छानविन गरिरहेको छ । पछिल्लो समय वन फडानी तिव्र गतिमा बढेको, लक्ष्यअनुसारको राजस्व संकलन नभएको समस्याहरु बाहिर आएपछि छानबिन सुरु भएको हो । करिब १३ लाखलाई रोजगारी प्रदान गर्दै वार्षिक एक खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य सरकारको छ ।हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी