
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार थप १०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा विभिन्न जिल्लाका थप १०१ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ५, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासीका ३, रौतहटका ८ , सिन्धुलीका १, काभ्रेका १ जनामा संक्रमण देखिएको हो । यस्तै काठमाडौँका १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, वर्दियाका १०, दाङका ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुमका १, डढेलधुराका १, बझाङका १ तथा डोटीका १ जनामा संक्रमण पुष्टी भएको हो ।
यस्तै आज थप २८५ जना संक्रमित डिस्चार्जसंगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ५३४ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्