
- अर्थ सरोकार सम्बाददाता
बाग्लुङ। गण्डकी प्रदेशमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ।
बुधबार थपिएका संक्रमितमध्ये बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष र तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष रहेको छ भने, म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् । उक्त संक्रमितहरुलाई उपचारको लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्