- अर्थ सरोकार सम्बाददाता
पोखरा । शुक्रबार बिहान गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन् ।
आज सबै भन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ र गोरखामा एक एक जना थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ।