- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा पोखरा महानगरका १० जना र कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । बुधबार बिहानमात्रै गण्डकी प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बागलुङ, तनहुँ र म्याग्दीका १/१ जनामा संक्रमण पुष्टी भएको थियो । गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३ सय ५३ जना निको भई घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।