- अर्थ सरोकार सम्बाददाता
कास्की । गण्डकी प्रदेशका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । शुक्रबार कास्कीका ५ जना, लमजुङका ३ जना, बाग्लुङ र तनहुँका १-१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरामा भएको परीक्षणमा कास्कीका ४ जना पुरुष र १ जना महिलामा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै लमजुङका तीन जना बाग्लुङ र तनहुँका १र१ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १३ सय ६० पुगेको छ । गण्डकी प्रदेशमा १ हजार ९८ जना निको भएर घर फर्केका छन् । अहिलेसम्म गण्डकी प्रदेशमा ४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।