
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै नयाँ सुबिधा ल्याएको छ । बैंकले ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा(एसएमई लोन) उपलब्ध गराउने भएको छ ।
बैंकले कोभिड-१९ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।
कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सबै शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख रुपैयाँदेखि देखि १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्