- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय डिल्लीबजारका निवर्तमान प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई ८ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उक्त उनको पनि संलग्नता रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।
उक्त प्रकरणपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपसचिव अधिकारीलाई विभागमा तानेको थियो । लकडाउनपछिको भोलिपल्टै ६ जना कर्मचारी घुससहित पक्राउ परेका थिए । पक्राउ परेका उनीहरुले तत्कालीन प्रमुख अधिकारीलाई पनि पोलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।